- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ९ बाट नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बाट खुल्ला सदस्य उमेद्वार नवराज मल्लले आफ्ना प्रतिबद्धता सार्बजनिक गर्नुभएको छ ।

उहाँले सेमि कबडहल निर्माण,उत्पादनमा जेाड दिएर,सरकारी तरकारि पसल कम्तिमा ८महिना भित्र आत्मनिर्भर बनौने, निजि स्कुलहरुकेा भैातिक संरचना र शैक्षिक अवस्था मुल्याङ्कन गरि अपुग स्कुलहरुमा ५०% शुल्क कटैाति गर्ने, राष्ट्रिय,प्रदेश स्तरिय खेलाडीहरुकेा लागी क्रमश प्रति महिना ५ हजार पैसा प्रेात्साहन सोरुप उपलब्ध गराउने, हरेक मा.वि.स्कुलहरुमा तालिम प्राप्त खेलकुद प्रशिक्षक ब्यवस्थापन गर्ने त्यस्तै १० बर्ष मुनि,५० बर्ष माथिका बालबालिका,नागरिकहरुकेा लागी निशुल्क सबै रेागहरुकेा स्वास्थ्थ उपचार गर्ने व्यवस्था गर्ने, ५ बर्ष भित्र कम्तिमा १५ जना लाई राष्ट्रिय तथा प्रदेश स्तरिय खेलाडीहरु उत्पादन गर्ने, प्रत्यक वडामा वडा स्तरिय खेल मैदान निर्माण गर्ने,वडा नम्बर ९ बजार परिसरमा १ घर १ रुख एक फुलबारी कार्यक्रम लागू गर्ने, नगरपालिका मा हरेक सबै बिद्यालयमा नर्सरि,फुलबारी बनाउने, सार्बजनिक शैाचालय,प्रतिक्षालय निर्माण गर्ने, सार्बजनिक पुस्तकालयको व्यवस्थापन गर्ने,बजार क्षेत्रमा सार्वजनिक धारा निर्माण गर्ने र यातायात क्षेत्रलाई व्यवस्थित गर्ने टिकेट काउन्टरलाइ सरकारि स्वामित्व लिने, यस्तै प्रतिबद्धता लिएर गाउँ टोल, टोलमा जनभेटघाट तथा चुनाव प्रसार, प्रचार कार्यक्रममा लाग्नुभएको छ ।

उहाँ लामो समय खेल क्षेत्रमा संघ्रष गरेर राजनीतिक क्षेत्रमा हुमिनु भएको हो । खेल क्षेत्रमा हुने समस्या आफुले भोग्दै आएकोले यस्ता समस्या सावाधान गर्ने आफु निर्वाचित भएपछि आफ्नो कार्यकालमा खेल क्षेत्रमा केही मुहार फेर्ने उदेश्यका साथ खेल क्षेत्रलाई पहिलो प्राथमिकता राखेको मल्ल ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार