- टिमखवर सम्बाददाता

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका, समाजवाद उनमुख समृद्धिका लागि स्थानीय सरकार, आर्थिक समृद्धि तथा सामाजिक साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सरल सालिन जुझारु युवा उम्मेद्बारलाई सबैको मतदान भन्ने मुल नाराका साथ जन भेटघाट तथा चुनावी भेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रममा बटाला गाउँमा नेपाली काङ्ग्रेस छाडेर नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा कमल परियार, प्रकाश परियार, पदम दमाईं ,गणेश परियार कर्मी नेपाली ,धनकुमारी परियारले आज प्रवेश गरेका हुन । काङ्ग्रेस को लालकिल्ला भनेर चिनिने आठबिसकोट नगरपालिकाको ९ नम्बर वडा बटाला गाउँ पछिल्नो समयमा माओवादीमय बनेको , माओवादी केन्द्र आठबिसकोट ९ नम्बर वडा इन्चार्ज मणिराज बटालाले जनकारी दिनु भएको छ ।

त्यस्तै २०७४ को स्थानीय तहको निर्वाचन मा नेकपा एमाले बाट १० नम्वर वडाको वडा सदस्यका उम्मेदवार सहित २ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन लक्षित घरदैलो तथा चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ ।

तेस्तै नेपाली काङ्ग्रेस लाई फेरि पनि रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा शून्य बनाउन नेकपा माओवादी केन्द्र लाई आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिजय हासिल गर्ने लागि परेको बटालाले जनकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार