- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ४ र ५ मा भएको माओवादी केन्द्रको संयुक्त जन सभा कार्याक्रममा नेपाली काग्रेस वडा नम्बर ४ वडा सभापति राम बहादुर बिष्ट लगायतका १० जना कार्यक्रताले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आठविसकोट नगरपालिका वडा नम्बर ४ को गोतामकोटमा भएको जनभेटघाट तथा चुनाव प्रचार प्रसार जनासभा कार्यक्रममा आयोजना मा नेपाली काँग्रेस वडा नम्बर ४ पार्टी सभापति राम बहादुर बिष्ट, नेपाल तरुण दल वडा नम्बर ५ सचीव अविनाश थापा, फुलमाया सर्कि, वीर बहादुर बिक, र नेकपा एमाले वडा ५ का सिलादेबी बस्नेत, सेते बिष्ट, टिकालक्ष्मि सर्की लगायतका कार्यक्रताले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

माओवादी केन्द्र आठविसकोटले यहि जेठ १४ गते देखि वडा नम्बर १४ देखि सुरु गर्दै जनभेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम गर्दै आज वडा नम्बर ४ र ५ को गोतामकोटको चौतारामा सयुक्त जन सभा सम्पन्न गरिएको छ ।

उक्त जनभेटघाट तथा चुनाव प्रसार प्रचार कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा नगर पालिका नगर प्रमुख गोर्ख बहादुर केसि ( सन्देश ) प्रदेश कमिटी सदस्य तथा नगर उपप्रमुख गिता नेलाली, नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष तथा नगर प्रमुख उम्मेद्बार रबि केसि उप प्रमुख उम्मेद्बार धन कुमारी शाही लगायत वडा अध्यक्ष उम्मेद्बार, सदस्य उम्मेद्बार लगाएत को उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार