- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । सोमबार दिउँसो आठविसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा गाउँले हरुले कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनीसँगै अरु सवारी साधनमा तोडफोड गरेका छन् ।

माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रम भइरहेका बेला कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्ताहरुमा ढुङ्गामुडा भएको थियो।

घरदैलोका क्रममा नेकपा माओवादी केन्द्रका कर्याकर्ता लाई ढुङ्गामुडा गरेपछी ।कांग्रेसका कार्यकर्ताहरु आफूले प्रयोग गरेका मोटरसाइकल तथा जिप छोडेर भागेका थिए। उनीहरु भागेपछि सोही ठाउँका जन्ताले ती सवारी साधनमा आगजनी गरेका हुन्।

घटनामा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको भे ८ प ३६२० नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रुपमा क्षति भएको रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।

यस्तै भे ७ प ३०६५ नम्बरको मोटरसाइकल माओवादी कार्यकर्ताले सडकबाट खसालिदिएका छन्। रा ४ प १८७० नम्बरको मोटरसाइकलको लुकिङ ग्लास फुटाइदिएका छन्।

सोही स्थानमा कांग्रेस कार्यकर्ताले छोडेर भागेको लु १ ज २६६८ नम्बरको जिपको सबै सिसाहरु फुटालिदिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार