- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकामा १५ हजार मत खसेको छ । २७ वटा मतदान केन्द्र रहेको आठबिसकोट नगरपालिकामा २० हजार मतदाता रहेकोमा १५ हजार मत खसेको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ हजार मत खसेको थियो । यसपटक को निर्वाचनमा मतदाताको संख्या बढेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै नगरपालिकाको वडा नम्वर १,२ र ३ बाट मतपेटिका भखरै पुगेकोले मतगणनामा ढिलाई भएको जनाएको छ । अहिले सर्वदलीय बैठक जारी छ । बैठक लगत्तै मतगणना सुरु हुने जनाइएको छ । आठबिसकोटमा नगरप्रमुख पदका लागि गठबन्धनका तर्फबाट काँग्रेस र माओवादीका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार