- टिमखबर सम्बाददाता

रुकुम पस्चिम । जिल्लाको आठबिसकोट नगरपालिको मतगणना सुरु भएको छ । वडा नम्वर १,२ र ३ को मतपेटी आजमात्रै आएकोले मतगणना ढिलागरी शुरू भएको हो । नगरपालिकाको कार्यालयमा अहिले वडा नम्बर १ र २ का मतपेटिका गन्न थालिएको छ ।
 
यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सर्वदलिय बैठकको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ बाट सुरू गरिएको हो । मतगणना स्थलमा उम्मेदवारहरूको तर्फबाट दुई जना प्रतिनिधि राख्ने र वडाबाट पनि प्रतिनिधि राख्ने निर्णय भएको छ ।
 
आठबिसकोट नगरपालिका नेकपा माओवादी केन्द्रबाट रवि केसी मेयर र धन कुमारी शाही उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै एमाले -नेपाली कांग्रेस गठबन्धनको तर्फबाट धिरेन्द्र कुमार बटाला मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एमालेका दिनेश चन्द उपमेयरको उम्मेदवार बनेका छन् । 
 

बिस हजार मतदाता रहेको आठबिसकोट नगरपालिकामा १५ हजार मात्रै मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार