- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम । २०७४ को स्थानीय निर्वाचनमा आठविसकोट नगरपालिका वडा नम्बर १ र २ मा एकल प्रतिस्पर्धाबाट माओवादी केन्द्र विजयी बनेको थियो। २०८९ वैशाख ३० मा भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वडा अध्यक्षका उम्मेद्वार देव बहादुर घर्ती लगायत सिङ्गो टीम नै विजयी भएकाे छ । घर्तीले ३ सय ३० मत ल्याएर विजयी हुनु भएको हो ।

त्यस्तै वडा नम्बर २मा नेपाली काँग्रेस र नेकपा एमाले गठवन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा अध्यक्ष उम्मेद्बार देव बहादुर यरिले ४ सय ७३ मत ल्याएर सिंगो टिम विजय भएको छन ।

माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेद्वार रवि केसिले ७ सय ७७ र उप प्रमुखकी उमेद्वार धनकुमारी शाहिले ७ सय ९४ मत प्राप्त गर्नु भएको छ भने गठबन्धन बाट नगर प्रमुखका उम्मेद्वार धिरेन्द्र कुमार बटालाले ३ सय ५६ र उप प्रमुखका उम्मेद्वार दिनेश चन्द ले ३ सय ८५ मत प्राप्त गर्नु भएको छ भने वडा अध्यक्ष पदका उम्मेद्बार बिपेन्द्र यरिले १३१ मत प्राप्त गर्नुभएको हो । अहिले वडा नम्बर ३ को मत गणना हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार