सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल विजयी भएकाे छ ।
वडामा कांग्रेस , नेकपा एमाले ,गठबन्धन भएको थियो ।काँग्रेस, नेकपा एमाले गठबन्धन उम्मेद्बार मुकुन्द देवकोटा लाई १०५ मत ले पराजित गर्दै माओवादी केन्द्रका केसरमान बिक वडा अध्यक्षमा विजयी हुनुएको हो ।
उहाँले ४सय ७८ मत प्राप्त गर्नुभयो भने गठबन्धनका प्रतिद्धन्दि उम्मेद्बार देवकोटाले ३ सय ७३मत पाउनुभयो । वडामा ८ सय ८५ मत खसेको थियो ।

त्यस्तै वडा काे खुला सदस्यमा ससिराम बुढा, रबिन्द्र बोहोर महिला सदस्य हिरा थापा र दलित महिला सदस्यमा खिमा परियार वुढा विजयी हुनु भएको छ ।
नगर प्रमुख र उपप्रमुखमा पनि माओवादी केन्द ले अग्रता लिएको छ ।

अहिले सम्मा माओवाद केन्द्रले वडा नम्बर १मा देव बहादुर घर्ती , वडा नम्बर २ मा देव बहादुर यरि को प्यानल विजय भएको छ । वडा नम्बर ४ को मत गणना जारि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार