- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन । उनले मत ६ हजार १९ प्राप्त गरेका छन । उनका प्रतिष्प्रधी नेपाली काग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार कमला रोकाले ५ हजार ९ सय ५८ मत प्राप्त गरेर विजयी हाँसिल गरिन । उनका प्रतिष्प्रधी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय ४२ मत प्राप्त गरे । ११ वडा रहेको सानीभेरी गाउँपालिकामा ९ वटा वडा माओवादी केन्द्र र २ वटा वडा नेपाली काग्रेसले विजयी हाँसिल गरेको छ । सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र काग्रेसको गठबन्धन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार