- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन प्यानल विजयी भएकाे छ ।

वडामा कांग्रेस,नेकपा एमाले बिच गठबन्धन भएको थियो ।काँग्रेस,नेकपा एमाले गठबन्धन उम्मेद्बार नरसिंङ बिष्टले जम्मा १०४७ खसेको मत मध्य ५ सय १६ मत ल्याइ बिष्ट विजय हुनुभएको छ । ४२ मतले पराजित गर्दै माओवादी केन्द्रका उम्मेद्बार यज्ञ विकलाई गठबन्धन उम्मेद्बार बिष्ट वडा अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँले ५ सय १६ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रका प्रतिद्धन्दि उम्मेद्बार यज्ञ बिकले ४ सय ७४ मत प्राप्त गर्नुभएको थियो । वडामा १ हजार ४७ मत खसेको थियो । नगर प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेद्बार अग्र स्थानमा रहनु भएको छ ।

अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १ मा देव बहादुर घर्ती , वडा नम्बर २ मा देव बहादुर यरि, वडा नम्बर ३ मा केशरमान बिक र वडा नम्बर ५ मा घनश्याम भन्डारीको प्यानल विजय भएको छ भने वडा नम्बर ४ गठबन्धनको प्यानल विजय भएको छ ।अहिले वडा नम्बर ६ को मत गणना जारि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार