- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिएको थियो । वडामा नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो । माओवादी केन्द्र का उम्मेद्बार घनश्याम भन्डारीले जम्मा १२सय ३१ खसेको मत मध्य ५ सय ८१ मत ल्याइ भन्डारी विजय हुनुभएको छ ।

१३ मतले पराजित गर्दै गठबन्धनका उम्मेद्बार लाल बहादुर भन्डारीलाई प्राजित गर्दै माओवादी केन्द्र उम्मेद्बार भन्डारी वडा अध्यक्षमा विजयी हुनुएको हो । उहाँले ५ सय ८१ मत प्राप्त गर्नुभयो भने गठबन्धन का प्रतिद्धन्दि उम्मेद्बार लाल बहादुर भन्डारीले ५ सय ६८मत प्राप्त गर्नुभएको थियो । नगर प्रमुख र उपप्रमुखमा ४८०३ मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले २ हजार ५ सय ९१ मत प्राप्त गर्नु भएको छ । भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले १ हजार ८ सय ८५ प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले २ हजार ६ सय २७ मत प्राप्त गर्नुभएको छ । भने गठबन्धनका उम्मेद्बार दिनेश चन्दले १ हजार ७ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १ मा देव बहादुर घर्ती , वडा नम्बर २ मा देव बहादुर यरि, वडा नम्बर ३ मा केशरमान बिक र वडा नम्बर ५ मा घनश्याम भन्डारीको प्यानल विजय भएको छ भने वडा नम्बर ४ गठबन्धनको प्यानल विजय भएको छ ।अहिले वडा नम्बर ६ र ७ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार