- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिएको थियो ।

वडा नम्बर ७ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो । माओवादी केन्द्र का उम्मेद्बार अमृत बोहोरा ( किशोर )ले जम्मा ८सय ४० खसेको मत मध्य ४ सय ३८ मत ल्याइ बोहरा विजय हुनुभएको छ ।
८० मतले पराजित गर्दै गठबन्धनका उम्मेद्बार तिलक केसिलाई प्राजित गरि माओवादी केन्द्र उम्मेद्बार बोहोरा वडा अध्यक्षमा विजयी हुनुएको हो ।

उहाँले ४सय ३८ मत प्राप्त गर्नुभयो भने गठबन्धन का प्रतिद्धन्दि उम्मेद्बार तिलक केसिले ३ सय ७८मत प्राप्त गर्नुभएको थियो । नगर प्रमुख र उपप्रमुखमा ६०९६ मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ३हजार २सय ३१ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले २हजार ४सय ८५ प्राप्त गर्नुभएको छ ।

त्यस्तै उप प्रनुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ३ हजार ४ सय ८५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेद्बार दिनेश चन्दले २ हजार २सय ९० मत प्राप्त गर्नुभएको छ । अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १मा देव बहादुर घर्ती , वडा नम्बर २ मा देव बहादुर यरि, वडा नम्बर ३ मा केशरमान बिक र वडा नम्बर ५ मा घनश्याम भन्डारी, ७ अमृत बोहोरा ( किशोर )को प्यानल विजय भएको छ । भने वडा नम्बर ४ र वडा ६ गठबन्धनको प्यानल विजय भएको छ ।अहिले वडा नम्बर ८ र ९ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार