- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको । आठविसकोट नगरपालिकामा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिएको थियो । वडा नम्बर ६ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिएको थियो । गठबन्धन का उम्मेद्बार धनेश्वर शर्मा ले जम्मा ८ सय ६३ खसेको मत मध्य ४ सय ३६ मत ल्याइ शर्मा विजय हुनुभएको छ ।

१३ मतले माओवादी केन्द्रका उम्मेद्बार गोपाल केसिलाई प्राजित गर्दै गठबन्धन का उम्मेद्बार शर्मा वडा अध्यक्षमा विजयी हुनुएको हो । उहाँले ४ सय ३६ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र का प्रतिद्धन्दि उम्मेद्बार गोपाल केसिले ४ सय १० मत प्राप्त गर्नुभएको थियो । सोही वडामा माओवादी केन्दका महिला सदस्य जमुना खत्री र दलित महिला सदस्य जय कुमारी कामी विजयी हुनुभएको छ ।

नगर प्रमुख र उपप्रमुखमा जम्मा खसेको मत १५ हजार १ सय ८३ मत मध्य ६ हजार ८ सय ९६ मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ३ हजार ६ सय ८ मत प्राप्त गर्नु भएको छ । भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले २ हजार ८ सय ५३ प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ३ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको छ । भने गठबन्धनका उपप्रमुखका उम्मेद्बार दिनेश चन्दले २ हजार ६ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १मा देव बहादुर घर्ती , वडा नम्बर २ मा देव बहादुर यरि, वडा नम्बर ३ मा केशरमान बिक र वडा नम्बर ५ मा घनश्याम भन्डारी, वडा नम्बर ७ अमृत बोहोरा ( किशोर )को प्यानल विजय भएको छ भने वडा नम्बर ४ र वडा ६ गठबन्धनको विजयी भएको छ ।अहिले वडा नम्बर ८ र ९ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार