- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिएको थियो ।

वडा नम्बर ८ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो । माओवादी केन्द्रका को जम्मा ८सय २२ खसेको मत मध्य ४सय २८ मत ल्याइ बिक विजयी हुनुभएको छ । १सय ८ मतले गठबन्धनका उम्मेद्बार चन्द्र बहादुर बुढा ( सागर) लाई प्राजित गर्दै माओवादी केन्द्रका उम्मेद्बार विक वडा अध्यक्षमा विजयी हुनुएको हो ।

उहाँले ४ सय २८ मत प्राप्त गर्नुभयो भने गठबन्धन का प्रतिद्धन्दि उम्मेद्बार चन्द्र बहादुर बुढा ( सागर) ३सय २०मत प्राप्त गर्नुभएको थियो । नगर प्रमुख र उपप्रमुखमा जम्मा खसेको मत १५ हजार १ सय ८३ मत मध्य अहिले नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ४हजार २सय ९२मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले ३हजार ६सय ३८ प्राप्त गर्नुभएको छ ।

त्यस्तै उप प्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ४ हजार २सय २३मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उपप्रमुखका उम्मेद्बार दिनेश चन्दले ३हजार ४सय ३९ मत प्राप्त गर्नुभएको छ । अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १,२,३,५,७ र ८ आफ्नो प्यानल विजयी भएका छन भने गठबन्धन तर्फ वडा नम्बर ४,६ र ९ विजयी हासिल गरेका छन । अहिले वडा नम्बर १० र ११ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार