सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिरेको छ । वडा नम्बर ९ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो । जम्मा १५सय ७९खसेको मत मध्य ७ सय ७२ मत ल्याइ जनक बहादुर बटाला विजयी हुनुभएको छ ।
५४ मतले माओवादी केन्द्रका उम्मेद्बार गोकर्ण कुमार चन्द लाई प्राजित गर्दै गठबन्धन का उम्मेद्बार जनक बहादुर बटाला वडा अध्यक्षमा विजयी हुनुएको हो । उहाँले ७ सय ७२मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रका प्रतिद्धन्दि उम्मेद्बार गोकर्ण कुमार चन्द ७ सय १८मत प्राप्त गर्नुभएको थियो । त्यस्तै खुल्ला सदस्यमा ८ सय २१ मत प्राप्त गरि नवराज मल्ल, सदस्य ८ सय ४ मत ल्याइ हरि बहादुर शाही महिला सदस्यमा ८सय १८ मतले जानकी उपाध्याय, दलित महिला सदस्य ८सय ९ मत प्राप्त गरि कविता दमाइ लगायत प्यानल विजयी भएको हो ।
नगर प्रमुख र उपप्रमुखमा जम्मा खसेको मत १५ हजार १ सय ८३ मत मध्य अहिले नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ४हजार २सय ९२मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले ३हजार ६सय ३८ प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ४ हजार २सय २३मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उपप्रमुखका उम्मेद्बार दिनेश चन्दले ३हजार ४सय ३९ मत प्राप्त गर्नुभएको छ ।
अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १,२,३,५,७ र ८ आफ्नो प्यानल सहित विजयी भएका छन । भने गठबन्धन तर्फ वडा नम्बर ४,६ र ९ विजयी हासिल गरेका छन।
अहिले वडा नम्बर १० र ११ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।