- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिरेको छ ।
वडा नम्बर १० मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो । वडा नम्बर १०मा जम्मा १५ सय ७२खसेको मत मध्य ७ सय ७८मत ल्याइ गणेश कुमार शाह विजयी हुनुभएको छ । ५० मतले गठबन्धनका उम्मेद्बार चक्र बहादुर कुसारीलाई प्राजित गर्दै माओवादी केन्द्रका उम्मेद्बार शाह वडा अध्यक्षमा विजयी हुनुएको हो ।
उहाँले ७ सय ७८ मत प्राप्त गर्नुभयो भने गठबन्धनका प्रतिद्धन्दि उम्मेद्बार शाहले ७ सय २८मत प्राप्त गर्नुभएको थियो त्यस्तै महिला सदस्यमा ७ सय ६८ प्राप्त गरि लुम्बिनी गौतम, खुल्ला सदस्यमा गणेश खत्री, खगेन्द्र दमाई र दलित महिला सदस्यमा विष्णु सुनार सहित सिंगो प्यानल विजयी भएको छ ।
नगर प्रमुख र उपप्रमुखमा जम्मा खसेको मत १५ हजार १ सय ८३ मत मध्य १० हजार ६९ मत गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ५ हजार १३ मत प्राप्त गर्नु भएको छ । भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले ४ हजार ३ सय ९९ प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ४ हजार ९सय ७ मत प्राप्त गर्नुभएको छ । भने गठबन्धनका उपप्रमुखका उम्मेद्बार दिनेश चन्दले ४हजार १ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १,२,३,५,७,८ र १० आफ्नो प्यानल सहित विजयी भएका छन भने गठबन्धन तर्फ वडा नम्बर ४,६ र ९ विजयी हासिल गरेको छ । अहिले वडा नम्बर ११ र १२ को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार