- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिका मा नेपाली काँग्रस र नेकपा एमाले संयक्त गठबन्धन गरिरेको छ । वडा नम्बर १२ र १३ मा पनि नेपाली कांग्रेस,नेकपा एमाले बिच गठबन्धन गरिए थियो ।
वडा नम्बर १२ मा जम्मा १२ सय २४खसेको मत मध्य ६ सय ८४मत ल्याइ खुम्मे कुसारी विजयी हुनुभएको छ ।
२सय ९० मतले गठबन्धनका उम्मेद्बार राजेश पुन लाई प्राजित गर्दै माओवादी केन्द्रका उम्मेद्बार पुन वडा अध्यक्षमा विजयी हुनुएको हो ।

उहाँले ६ सय ८४ मत प्राप्त गर्नुभयो भने गठबन्धनका प्रतिद्धन्दि उम्मेद्बार पुनले ३ सय ९४मत प्राप्त गर्नुभएको थियो । त्यस्तै वडा नम्बर १३ मा पनि माओवादी केन्द्र का उम्मेद्बार टेग बहादुर थापा को प्यानल विजय भएको छ । थापाले ४ सय ९२ म प्राप्त गरि विजयी हुनुभएको छ । २ सय १५ मतको अन्तरले गठबन्धनका प्रतिद्वन्दी उम्मेद्बार खिमे पुनलाइ प्राजित गर्दै पुन वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

नगर प्रमुख र उपप्रमुखमा जम्मा खसेको मत १५ हजार १ सय ८३ मत मध्य १३हजार ९ सय २५ मत गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेद्बार रबि केसिले ६ हजार ८ सय ६७ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका उम्मेद्बार धिरेन्द्र कुमार बटालाले ६हजार ३९ प्राप्त गर्नुभएको छ । त्यस्तै उप प्रमुखमा माओवादी केन्द्र कि धनकुमारी शाहीले ६ हजार ७सय ३० मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उपप्रमुखका उम्मेद्बार दिनेश चन्दले ५हजार ७सय ६६ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्मा माओवादी केन्द्रले वडा नम्बर १,२,३,५,७,८,१०,१२ र १३ आफ्नो प्यानल सहित विजयी भएका छन भने गठबन्धन तर्फ वडा नम्बर ४,६,९ र ११ विजयी हासिल गरेको छ । अहिले वडा नम्बर १४को मत गणना भैरहेको निर्वाचन अधिकृत को कार्यालय आठविसकोटले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार