- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम / रुकुम पश्चिमको आठविसकोटको नगर प्रमुख र उपप्रमुख माओवादी केन्द्रले विजय हासिल गरेको छ । बुधबार दिउँसो मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रका नगर प्रमुखमा रबि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएको निर्वाचन अधिकृतको कार्यालय आठविसकोटले जनाएको छ ।

नगर प्रमुखमा केसीले ७ हजार ३सय ९९मत प्राप्त गर्दै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार धिरेन्द्र कुमार बटालालेव ६ हजार ६सय १५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एकपा एमाले कि कृष्ण कुमारी मल्लले १९० प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा निर्वाचित शाहिले ७ हजार २सय ६५ मत ल्याउदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २सय ६८ मत प्राप्त गर्नुभएको छ ।
आठविसकोट नगरपालिकामा १० वडामा माओवादी, २ मा कांग्रेस र २ वडामा एमालेका उम्मेदवार विजयी भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार