- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिमको आविसकोट नगरपालिकामा नेपाली काँग्रेस एमाले र एकीकृत समाजवादी तीन दलीय गठबन्धनलाई पराजित गरेर नेकपा माओवादी केन्द्रका रवि केसीले प्रमुखमा हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका धीरेन्द्र कुमार बटालालाई ७ सय ८४ मतान्तरले पराजित गर्नुभएको छ । उहाँले ७ हजार ३९९ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।

यहाँ एमालेका कृष्णाकुमारी मल्लले १९९ मत पाउनुभयो छ। यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी केन्द्रकी धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गर्नुभएको छ । १४ वटा वडा तह रहेको यो पालिकामा १० वटा वडामा माओवादीले जितेको छ भने ४ वटामा चार दलीय गठबन्धनले जितेको छ।

०७४ मा यो पालिकामा माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर निर्वाचित हुनुभएको थियो । भने उपप्रमुखका माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित बन्नु भएको थियो । १४ वटा वडा रहेको यहाँ एमालेले १, काँग्रेसले २ र माओवादीले ११ वटा वडामा आफ्नो वर्चश्व जमाएको थियो। सोही वर्चश्व यो पटक पनि माओवादीले कायम राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार