- टिमखबर सम्बाददाता

रुकुम पश्चिम । रुकुम पस्चिमको आठबिसकोट नगरप्रमुखले सपथ ग्रहण गरेका छन् । आठबिसकोट नगरपालिकाका नव निर्वाचित नगरप्रमुख रवि केसीले आज रुकुम जिल्ला अदालतमा सपथ ग्रहण गरेका हुन् ।

नव निर्वाचित नगरप्रमुख केसी लाई जिल्ला न्यायधिश विद्याराज पौडेलले सपथ ग्रहण गराएका हुन्। कार्यविधि अनुसार नगरप्रमुखले सपथ ग्रहण गरेपछि उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यको सपथ ग्रहण हुने छ ।

जिल्लाका ६ वटै पालिकामा नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहन गर्ने क्रम जारी छ ।यस अघि सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट , बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगर , चौरजहारी नगरपालिका का पुष्प वादी , त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी र मुसिकोट नगरपालिका का महेन्द्र केसीले यस अघि नै सपथ ग्रहण गरिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार