लहरोले पहरोलाई, तान्नुपर्छ अब।
सबथोक जनता हुन भनेर, मान्नुपर्छ अब ।

यो पाटीको त्यो पाटीको, नभनेर सबलाई,
मेरै जनता हुन भनेर, ठान्नुपर्छ अब ।

घरदैलोमा आफै गई, अवलोकन गरि,
कुन ठाउँमा के विकास गर्ने, छान्नुपर्छ अब ।

विदेशीने नेपालीलाई, रोजगारीमा लगाइ,
जनताको सेवा गर्न, जान्नुपर्छ अब ।

कारखाना र उद्योगहरु, खोली आफ्नै ठाउँमा,
यो देशको अर्थतन्त्र, धान्नुपर्छ अब ।

सुशासन र समृद्धि ठाउँ, बनाउनको लागी,
ठाउँ ठाउँमा विकासले, हान्नुपर्छ अब ।

लेखक:- जय बहादुर मल्ल ‘ ऋजु ‘
आठविसकोट न.पा.-०९, औलीगाउँ, रुकुम(पश्चिम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार