काठमाडौं । पछिल्लाे समय सामाजिक कामहरूमा सक्रिय युवा अभियन्ता एलिस खनालले माननीय कानुन मन्त्री गोविन्द शर्मा कोइरालालाई उहाँकै कार्यकक्षामा भेटेर बलत्कार तथा योन दुर्व्यवहार जस्ता अपराधमको हदम्याद बढाउन पत्र बुझाएका छन् ।

व्हाइट हाउस स्कुल अफ ल मा कानुन संकायमा अध्ययनरत एलिस खनालले माननीय कानुन मन्त्री गोविन्द शर्मा कोइरालालाई बलात्कारको मुद्धामा १ वर्षा हदम्याद काम भएकाले कानुन संशोधन गर्न पत्र बुझाएका हुन् । अन्तराष्ट्रिय अभ्यास हेर्दा कतिपय विकर्षित मुलुकहरूमा जबर्जस्ति कारणीको मुद्धामा हदम्याद नभएको र भएको देशहरूमा पनि बलत्कार तथा योन दुर्व्यवहार जस्ता अपराधमा धेरै समय हदम्यादको वेवास्ता भएको मननीय कानुन मन्त्रीलाई एलिस खनालले बताएका छन् ।

खनालको पत्रपछि मन्त्री कोइरालाले कानुन संशोधनको लागि प्रकिया आगाडी बनाउने र छिटै बैठक बसेर छलफल गर्ने प्रतिबद्ध जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार