- सत्य बटाला

रुकुम पश्चिमको । आठविसकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख रवि केसीले दुई ओटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

आज नगरपालिकामा पदभार ग्रहनगर्दै कृषि र स्वास्थ्य विमाको निर्णयमा हस्ताक्षर गर्नुभएको हो । समृद्ध नगरपालिका निर्माण गर्नको लागि नगरपालिका क्षेत्रका अतिविपन्न, गरिव तथा असाहय नागरिकको आर्थिक अवस्था सुधारको लागि कृषि तथा पशुपालन क्षेत्रमा रहेको निर्वाहमुखी प्रणालीलाई निर्यातमुखी वनाई कृषि उत्पादनमा वृद्धि र कृषिउपजको प्रशोधन तथा वजारीकरणमा लगानी बृद्धि गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै दुध, फलफुल, मसला, तथामासु जन्य उत्पादन तथा निर्यातलाई प्रर्वधन गर्दै ग्रामिण अर्थतन्त्रको सवलीकरणमा जोड दिने नगरपालिकाको पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो । यस कार्यकालागि सबै खेतीयोग्य जमिनमा सिचाई तथा प्रविधि सेवा उपलव्ध गराउने, कृषि तथा पशु क्षेत्रमा नयाँ प्रजातिकाको खोजि, रैथाने बालीको संरक्षण, नश्ल सुधार तथाऔषधी उपचारको व्यवस्था गर्ने, कृषि तथा वनजन्य पदार्थमा आधारीत उद्योग स्थापना तथा संचालन गर्ने निर्णय प्रमुख केसीले गर्नुभएको छ ।

त्यस्तै नगरपालिकामा सशस्त्र जनयुद्ध, दोस्रो जनआन्दोलन, विभिन्न राजनितिक आन्दोलनका सहिद परिवारका परिवार, घाईते तथा अपाङ्गहरुको लागि निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय भएको छ । साथै पदभार ग्रहणको क्रममा बोल्दै प्रमुख केसीले समृद्ध नगरपालिकाको लागि जनताले चाहेको कार्यक्रम ल्याउने बताउनु भएको छ । उहाँले नगरपालिकाको समग्र विकासको लागिसबैको हातेमालोको आवश्यक रहेको भन्दै सबै मिलेर नगरपालिकाको हितमा काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार