- टिमखबर सम्बाददाता

रुकुम पस्चिम । आठबिसकोट नगरपालिकाका मेयर रवि केसी आफै झाडु लिएर सडकको सरसफाइमा होमिएका छन् । उनले राडीबजारको नेत्र चोकबाट सरसफाइ सुरु गरेका हुन ।
स्थानीय बासिन्दालाई सफाइमा जुट्न आग्रह गर्दै मेयर केसी आफै सफाइ गर्न राडी बजार र क्याम्पस रोड क्षेत्रमा पुगेका थिए । उनले उक्त क्षेत्रमा सफाइ गरेका छन् ।

मेयर केसी आफ्नो घर वरिपरि सफाइ गरौँ,बाटोमा जथाभावी फोहोर फाल्न बन्द गरौ भन्दै सफाइमा जुटेपछि आठबिसकोट नगरका जनप्रतिनिधी , उपमेयर, नगर प्रहरी, स्वास्थ्यकर्मि , पत्रकार, सुरक्षाकर्मि र स्थानीय बासिन्दाको पनि सहभागिता रहेको थियो ।
सडक तथा बजार क्षेत्र सफाइपछि मेयर केसीले बजार तथा सडक आसपासका क्षेत्रमा जथाभावी फोहोर फालेमा कारबाही गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार