- सत्य बटाला

सत्य बटाला रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष केसरमान बिकले आफ्नो दोस्रो कार्यकालको पहिलो प्रतिबद्धता म मेरो वडामा यो बर्ष को बजेट गरिबी निवारणका लागि योजना अगाडि बढाउने अध्यक्ष बिकले बताउनु भयो ।

उहाँका अनुसार अति बिपन्न १५० घर परिवार का शौचालय को लागि टिन, सिट, पाइप र सिमेन्ट खरिद तथा बितरण, अति बिपन्न १०० घर परिवारका बिधुत का लागि मिटर बितरण तथा वाइरिङ को व्यवस्था, अति बिपन्न ५० घरपरिवारलाइ घर निर्माण गर्नको लागि अनुदान स्वरुप ५० हजार को व्यवस्थापन, अति बिपन्न बालबालिकाहरुलाइ टिकाउन र सिकाउन को लागि आवश्यकता अनुसार कपि कलम, ड्रेस, झोला जुत्ता बितरण कार्यक्रम,९७ घरलाइ टिन बितरण भैसके को र १०० घरका लागि टेण्डर भै १/२ दिन मै आउदै छ र तत्काल वितरण गरिने उहाँले बताउनुभयो ।

उक्त वडामा अबको दोस्रो कार्यकालमा परिणाम सहितको विकासमा लाग्ने र अबको ५ वर्षमा वडा नम्बर ३ खदिमा विकासले मुहार फेर्ने छ अध्यक्ष बिकले बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार