- सुनिल महर

सुनिल महर रुकुम पश्चिम । यहाँको आठविसकोट नगरपालिका वडा नम्बर ११ गत्तसैनामा जिप दुर्घटना भएको छ । राडी बाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि जिप चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको ईप्रका आठबिसकोटले जनाएको छ । मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका वडा नम्बर ११का कमल खड्का रहेका छन ।

उक्त जिपमा दुइ जना मात्र रहेको खुलेको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भैई भेरीनदिमा खसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार