- सुनिल महर

सुनिल महर रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा चुनाबी प्रतिबद्धता पूरा गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाट आएको बजेटले मोटर बाटो खनिएको छ ।

१० लाख ३८ हजार ६ सय लागतमा नगरपालिकाको ८ नम्बर वडा घर्तिगाउ सिर्जना आधारभुत बाट सरखोला सम्मा टोटल ३ हजार मिटर मोटर बाटो सम्पन्न भएको समिती का अध्यक्ष गणेश बस्याल ले जानकारी दिनुभयो ।

गणेश बस्याल को नेतृत्वमा ११४ जना कामदार मान्छेले खनेर काम संचालन भएको र छोटो समयमै काम सम्पन्न भएको बस्यालले जानकारी दिनुभयो ।

बर्षै देखि नै त्याहा जनताको आवस्यकता लाई पूरा गेरको भन्दै स्थानीय बासिहरूले नवनिर्वाचित जनप्रतिनिधि हरूलाइ भब्य सम्मान सहित विशेष धन्यवाद दिएका छन् ।

१४ दिनमै सम्पन्न भएको मोटर बाटो नगर प्रमुख रबि केसिले उद्घाटन गर्नु भएको छ । भने अन्य उपस्थित नगर उप प्रमुख धन कुमारी शाही , ३ नम्बर वडा अध्यक्ष केशर मान बिक , पुर्व वडा ८ अध्यक्ष मान ब, चनारा , कार्यपालिका सदस्य यज्ञ बि.क , माओवादी केन्द्र नेता मणिराज बटाला, टिकाराम सुनार , धन ब, बस्नेत लगायतका नेता हरुको उपस्थितिमा उद्घाटन सम्पन्न भएको बस्याल ले जानकारी दिनुभयो ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार