- सत्य बटाला

सत्य बटाला
रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरपालिका नगर कार्यपालिकाको दोस्रो बैठकले आठविसकोट नगर प्रबक्तामा देव बहादुर घर्तीलाई सर्वसम्मत रुपमा पारित गरेको छ । पालिकाको सभाहलमा जारी कार्यपालिकाको बैठकले घर्तिलाई प्रवक्तामा चयन गरेको हो ।

त्यस्तै नगर कार्यपालिकाको सामाजिक बिकास समिती नगर प्रमुख रवि केसिको संयोजकमा ५ सदस्य गठन गरेको छ भने, न्यायिक समितिमा उप प्रमुख धन कुमारी शाहिको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा सर्जनी कामी, गगन कुमार खत्री, र सर्जने कामी रहेका छन ।

उप प्रमुखकै संयोजकत्वमा वन बाताबरण तथा विपद व्यवस्थापन समिती र भौतिक पुर्वधार बिकास समितीमा वडा नम्बर ३ का वडा अध्यक्ष केसरमान बिकको संयोजक्तोमा ५ सदस्य गठन गरिएको छ । बिधेक समितीमा वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भन्डारीको संयोजक्तोमा ५ सदस्य गठन गरिएको हो ।

सुसासन तथा संस्थागत विकास समिति तर्फ वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनको सयोजक्तो मा ५ सदस्य समिती गठन र आर्थिक विकास समितीमा वडा नम्बर ७ का वडा अध्यक्ष अमृत बुढाको संयोजक्तोमा ५ सदस्य गठन गरिएको नव नियुक्त प्रबक्ता घर्तिले बताए ।नगरकार्यपालिकाको दोस्रो बैठक जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार