सत्य बटाला रुकुम पस्चिम । काम गरेको पारिश्रमिक नपाएपछी रेडियो नयाँ नेपालमा कार्यरत कर्मचारी,पत्रकारहरुले आन्दोलन सुरु गरेका छन । आठबिसकोट नगरपालिका -९ मा रहेको उक्त रेडियोले करिब डेढ वर्षदेखि पारिश्रमिक दिएको छैन ।
श्रमजीवी पत्रकार संघ नेपालको अगुवाईमा आजदेखि आन्दोलन सुरु गरिएको हो । हाम्रो पारिश्रमिक भुक्तानी गर, हाम्रो आन्दोलन जारी छ, रेडियो व्यस्थापन जिम्मेवार बन लगायतका प्लेकार्ड बोकेर पिडित पत्रकारहरुले आज रेडियोको कार्यालय अगाडीबाट बिरोध र्याली निकाले थिए।
उक्त बिरोध र्यालीलाई समर्थन गर्दै नेपाल पत्रकार महासंघ रुकुम शाखा, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।
रेडियोमा कार्यरत छ जना पत्रकारको करिब डेढ वर्षदेखिको १० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । श्रमजीवी पत्रकार संघले असार छ गते भित्र बक्यौता रकम भुक्तानी गर्न रेडियोलाई तीनदिने अल्टिमेटम दिएको थियो ।
रेडियो सञ्चालक मन बहादुरा चनाराले अटेरी गरेपछी चरणबद्ध रुपमा आन्दोलन सुरु गरिएको संघका अध्यक्ष जन्मदेव जैशीले जानकारी दिए । उनका अनुसार असार ९ गते सामाजिक सञ्जाल मार्फत व्यवस्थापनको भण्डाफोर गर्ने र असार १२ गते रेडियोको गेट अगाडी धर्ना र नाराबाजी गर्ने कार्यक्रम तय गरिएको छ ।