काठमाडौ ,, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ ।
राष्ट्र, राष्ट्रियता र जनजीविका संग सम्बन्धित समस्याहरू लिएर युवा जनस्वयमसेवक, नेपाल केन्द्रिय समितिले मागपत्र पेश गरेको छ । देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र, मिटरब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा विरुद्धमा मागपत्र पेश गरिएको छ ।

जनप्रतिनिधिहरूको तलबभत्ता सेवा सुबिधा आतंक विरुद्धमा समेत मागपत्र पेश गरिएको छ । प्रधानमन्त्री देउवा मागपत्रका सम्बन्धमा निकै सकरात्मक देखिनुभएको थियो । प्रधानमन्त्रीले सम्भव भएका मागलाई यथासिघ्र चाँडो पुरा गर्ने र नीतिगत मागहरुलाई छलफल द्वारा टुंग्याउने प्रतिबद्धता जाहेर समेत गर्नुभयो । साथै युवा जनस्वयमसेवक, नेपाल ले पेश गरेको मिटरब्याजी बिरुद्द कानुनि कारवाही गर्ने सवालमा प्रधानमन्त्री ले आजभोलि भित्रै कारवाही गरिने बताएका थिए।

हाम्रो गौरवशाली एवं श्रमजिवि जनता र आम युवाहरुको प्यारो संगठन युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष क.हरिश,उपाध्यक्ष क.अभिनास,सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो संयोजक क.बिबेक , सचिवालय सदस्य एवं सुर्खेत ईन्चार्ज क.बादल सचिवालय सदस्य एवं ललितपुर ईन्चार्ज क . युकेन्द्र सहितको टोलिले सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई समसामयिक विषय समेटिएको ३५ बुदे मागपत्र पेश गरेको छ ।

हरिश भट्ट
अध्यक्ष
युवा जनस्वयमसेवक, नेपाल
फो. न. ९८६३०९८८८८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार