रुकुम पश्चिम आठविसकोट नगरपालिकाले स्टोरमा कारार कर्मचारी राख्ने गरेको पाईएको छ । कानुनी नियम अनुसार स्टोरमा कर्मचारी राख्दा स्थायी कर्मचारी राख्ने प्राबधान गरेको छ ।

तर आठविसकोट नगरपालिकामा भने पावर र पहुँचको भरमा आफ्ना नजिकका नातेदारलाई करार कर्मचारीमा भर्ना गरि स्टोर संचालन गर्दै आएको देखिन्छ ।

नगरपालिकामा रहेका स्टोरमा करार कर्मचारी टेग बहादुर चन्द र आठविसकोट नगर अस्पतालको स्टोरमा करार कर्मचारी सुशीला मल्ललाई स्टोरको जिम्मा दिएको देखिन्छ ।

तेस्तै नगरपालिका नगर अस्पतालमा स्टोरको जिम्मा लिएकी सुशिला मल्ल नातामा सोही नगरपालिकाका नि .प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहकि बहिनी पर्छिन ।

यो आठविसकोट नगरपालिका कानुन भन्दा माथी भएर काम गर्ने अधिकार कस्ले अनुमानि दिएको होला ? किन अटेरी गरेको होला । सम्बन्धि निकायको ध्यान आकर्षण जाओस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार