१० बर्षे भिसन जनयुद्ध लड्दै २०६० साल सम्म चलिरहेको थियो ! त्यो बेला म कक्षा २ मा पढाई सुरु गरेको थिए ! मैले पढाई सुरु गरेको स्कुल भेटाउन करिब २ घण्टा लाग्थ्यो ! मैले समाजमा किन लडाई चलेको होला,किन मार्छन र मर्छन भन्ने कुरा मनमा खेलाउथ्ये, उमेर बढ्दै गयो, अलि अलि बुझदै गए ! गाउँ समाज मा छुवाछुत भेदभाव, सोसक दमन निकै बड्दो थियो ! माओवादी आन्दोलन त्यसको पक्ष थियो ! र बोल्दै गरेको सुने अनी मैले पनि कुनै व्यक्तिबाट आन्दोलनका केहि पक्ष गुनात्मक रुपमा बुझे !

मैले आन्दोलनलाई सगाउनु पर्छ भन्ने चेतना वृद्धि भयो ! र आन्दोलनमा ग्रहकार्य गर्ने कापीकलम दिएर बैठक सहजीकरण गराईदिन्थे ! जब मेरो उमेर,चेतनास्तरको वृद्धि हुदै गयो, मैले बुझदै गरे ! अब नेपालमा सामन्तीहरुको दिन जाने छ । अब किसान मजदुर, सर्बहारा, श्रमजीवि वर्ग अन्यायमा परेका नेपाली गरिवि जनताको पक्षमा माओबादीले मुहार बदल्दिन्छ यो आन्दोलन भनेर साहारा नेपालीलाई खुसि मनमस्तिस्कमा छायो ! जब म कक्षा ६ मा पढ्थे !त्यतिबेलाको माओबादी छुटै पहिचान थियो ! देश सम्वृद्धि सुखी नेपाली हुन्छन भनेर नेपाली जनता खुसिले गदगदी थिए !

नेपाली जनतालाई दमन गर्ने सोसकमा दलाल संसदिय व्यवस्था थियो ! त्यो व्यवस्थाको बिरुद्ध लडीरहेका नेपाली जनताका नेता संसदिय व्यवस्थामा नेतृत्व डुबेपछि नेपाली जनताले मुक्ति पाएन ! सहारा नेपालीले सक्दो सरसहयोग, त्याग, बलिदान सबै चिज परिबर्तनको निम्ति गरे ! युद्ध लडेका जनमुक्ति सेना माओबादी पार्टीप्रति आस्था राख्ने जनता हरास हुदै गए !

माओबादी पार्टीको बिलय हुदै जाने अवस्था जटिल बन्दै आयो ! माओबादी आन्दोलनका नेतृत्व आत्मसमर्पणबाद, विचारबाट विचलन, लक्ष्यप्रति परित्याग, निष्ठा आदर्शप्रति गद्दारी गर्यो ! आत्मसमर्पणबाद घटिया सोच क्रान्तिबाट भागेर पुजीवादी संसदिय व्यवस्थालाई आफ्नो व्यवस्था भन्दै अघि सरेपछि नेपाली जनताको पक्षमा हाम्रो आन्दोलन संघर्ष जीवित नै रयो!र हामि संसदिय व्यवस्थाको विरुद्ध बैज्ञानिक सामाजबादको पक्षमा रहिरहेछौ,र हामीले पार्टी निर्माण गरी एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दै आएका छौ!

त्यो आन्दोलनमा मेरो पनि सहभागीता रयो ! सामाजिक चेतना वृद्धि आन्दोलनको उच्च विकासले आजको युवापङ्गतीलाई परिबर्तनको विजयतिर बढाईरहेको छ ! नेपाली युवा पङ्गतिले आफुमाथिको अन्यायका विरुद्ध आन्दोलन संघर्ष प्रतिरोध गर्न चाहे त्यसको बदलालिन तयार गरेको पाइन्छ ! युवा पङ्गतिको जिन्दगि हरेक बाधा कठिनाइँका चुचुरा नाप्दै क्रान्तिको नयाँ शिखरमा पुग्न आधि तुफानसंग लड्दै वर्गसंघर्षमा सामेल युवाहरु एकीकृत जनक्रान्तिको कार्यदिशा पछ्याउदै बैज्ञानिक सामाजवादी व्यवस्था निर्माण गर्न हामि क्रान्तिकारी युवापङ्गति एक हुनेछौ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार