रुकुम पश्चिम , आठबिसकोट नगरपालिका वडा नम्बर ३ खदीमा २०७४ सालमा भएको स्थानीय चुनाब मा वडा अध्यक्ष पदमा बिजय हुनु भएको केशरमान बिक २०८९ को दोस्रो पटकको स्थानीय चुनाबमा पनि दोहोरिएर बिजय हुनु भएको छ ।

७४ साल को चुनाबको केही समय पछि गाउका ट्यापे केटाहरुको झगडामा मुछिनु भएका बिक त्यो समयमा पटक पटक विपक्षको झुटो आरोपमा हिरासतमा धाउनमै बेस्थ हुनु भयो । हिरासत धाउनमै बेस्त रहनु भएका बिक त्यो समय मा आफुले गर्नु पर्ने कामहरु बाकी रहेको र बाकी काम लाई पूरा गर्न फेरि पनि स्थानीय चुनाबमा आफू दोहोरिने प्रतिबद्धता गर्नु भयो र २०७९ साल को चुनाब मा अध्यक्ष पद मा दोहोरीनु भयो । र भारी मत ल्याएर बिजय पनी हुनुभयो ।

बिजय भए लगतै अपुरा कामहरु लाई सहज ढंगले पालो पालो पूरा गर्दै आउनु भएको छ । तेहि अपुरा कामहरु लाई पूरा गरेको भन्दै पछिल्लो समय बिक वडा बासीहरुको प्यारो बन्दै आउनु भयको छ । आफुले गर्नु पर्ने काम अझैपनी पुरा नभएको धेरै बाकी रहेको भन्दै बाकी सबै काम लाई अब छिटै सहज ढङ्गले सम्पन्न गर्छु । भन्दै फेसबुकमा समेत कामको बिबरण पोस्ट गर्नुभएको छ ।

(राडी देखि दाजे खदि बारङ्गे सडक , नदुवा झारमारे खदि नयाँडाडा सडक , खदि पाटागाउ रग्दा सडक )निर्माण, कालो पत्रे र जलिगार्ड दाङ मोटर पुल यो योजनाहरु मा वडाबासीको सुःख र आर्थिक सम्वृद्धि जोडिएको छ जो सपना प्राप्तिका लागि मेरो सङ्घर्ष जारी हुनेछ जो प्राप्ति मेरो कार्यकाल मा हुनुपर्नेछ |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार