रुकुम पश्चिम । आठविसकोट नगरपालिकामा मालपोत र नापि कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले मालपोत र नापि कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश मन्त्री कामीले दुर्गम ठाउँका नागरिकलाई सहज भएको बताउनुभयो । जिल्ला सदरमुकाम देखि निकै टाढा रहेका नागरिकले अब राडीबाट नै सेवा पाउने उहाँले बताउनुभयो । जिल्लाको धेरै भुभाग ओगटेको आठविसकोट नगरपालिकामा मालपोत र नापि कार्यालयको आवश्यकता हुनु पर्ने मागलाई पुरा गरेको उहाँको भनाई थियो ।
मालपोत र नापि कार्यालय स्थापना भएसंगै नगरवासी खुसि भएका छन् । जिल्ला सदरमुकाम सम्म पुग्नु पर्ने बाध्यताको अन्य भएको स्थानीयको भनाई छ । राडीमा मालपोत र नापि कार्यालय स्थापनाभएसंगै आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका केहि वडाका नागरिकले प्रत्यक्ष लाभ लिने छन् ।