भक्तपुर, प्रकृति मिडिया एन्ड फिल्मस प्रालि ले भक्तपुरको उर्बरा रिशोर्ट मा बडा दशै घट्स्थापना को अबसर पारेर दशै सुभकामना आदानप्रदान तथा रास्ट्रीय कलाकार सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

बिगत ४ बर्ष यता विभिन्न सामाजिक कार्यमा समेत लागिपरेको उक्त सस्था ले हाल आफनै युट्युब च्यानल मा जनचेतनामूलक भोगाइ नामक सिरिज ८ भाग सम्म प्रसारण गर छ ! कलाकारहरूको सास्कृतिक प्रस्तुती समेत रहेको सम्मान कार्यक्रम मा चर्चित पुरानो अनुभवी लेखक निर्देशक कलाकार प्रदिप सिंह थापा नायक सितल के.सी जादुगर तथा कलाकार राजेन्द्र गिरी गुन्द्रुके,चरीत्रअभिनेत्री चन्दा बिडारी होचा कलाकार मनोज बिक, लगायत दुइ दर्जन कलाकारलाई सम्मान गरिएको थियो ।

भोगाइ सिरिजका कलाकारहरुले आकर्षक नृत्य को साथै दशै नाटक गरिब को दशै प्रदर्शन गरेका थिए भने, कार्यक्रममा निर्देशक प्रदीप सिंह थापा,र नायक सितल केसि ले कलाकार हरुको आगामी सुनौलो कला यात्रा सुन्दर भबिस्यको सुभकामना मन्तब्य राख्नु बिश्वकै होचा कलाकार मनोज बिक को कालो टोपी भाद गाउके मेरो सिरै मा टल्केको गित को बोल्को नृत्य मनमोक थियो । भने बाल कलाकार श्रीया बस्नेतले गित गाएर आफू पनि रोइन दर्शक र अतीथीहरु लाइ रुवाउन सफल भइन भने जादुगर राजेन्द्र गिरी गुन्द्रुकेको जादुले सबैलाइ चकित पारेको थियो । सस्थाको अध्यक्ष तथा भोगाइको लेखक निर्देशक रेनुका सुवेदी को सभापतित्तोमा सम्पन्नप् कार्यक्रम लाई प्रमुख अतिथि समाजसेवी तथा पुर्ब गाबिस अध्यक्ष बिदुर मान सिंह बस्नेतले उट्घाटन को साथै कलाकार लाई सम्मान पत्र बाट सम्मान गर्नु भए को थियो ।

विशेष अतिथि कुशल इन्जिनियर दिपेन्द्र थापा सुभकामना मन्तव्य राख्नुको साथै खादा र मालाले कलाकारहरू लाइ सम्मान गर्नु भयको थीयो । सागर केसि स्वागत मन्तव्य गर्नु भयो । कार्यक्रमलाई सफलता पुर्बक सम्पादक निर्देशक कलाकार ,दिपक अधिकारी र कलाकार ध्रुब राई ले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार