तिमीसित बाँड्न सकिन!मेरी माया,
तिमीसित मुटु बाँडे , मन पनि बाँडे
तिमीसित तन बाँडे , धन पनि बाँडे
तिमीसित दुःख बाँडे, सुख पनि बाँडे
तिमीसित हाँसो बाँडे , आँसु पनि बाँडे
तिमीसित यात्रा बाँडे, गन्तब्य पनि बाँडे
तिमीसित ओछ्यान बाँडे, ओड्ने पनि बाँडे
तिमीसित गर्मी बाँडे, जाडो पनि बाँडे
तिमीसित गाँस बाँडे, कपास पनि बाँडे
तिमीसित गाउँ बाँडे, शहर पनि बाँडे
तिमीसित देश बाँडे,विदेश पनि बाँडे
तिमीसित धेरै कुराहरू बाँडे, तर मृगौला बाँड्न सकिन
म लाचार छु आज , मसित भएको मृगौला मैले चाहेर पनि तिमीसित बाँड्न सकिन! यदि यो दिन आउछ भनेर थाहा भएको भए
विवाह गर्नु अघि म तिम्रो रगत जाँच्न लाउँथे, एड्स छ कि भनेर जाँच्न होइन , तर तिम्रो र मेरो रगतको समूह मिल्छ कि मिल्दैन भनेर हेर्न , ताकि आज म तिमीसित मेरो मुटु मात्र होइन मृगौला पनि बाँड्न सकूँ! र बाँकी जिन्गदी बाँडेर जिउन सकूँ तर तिमीसित मृगौला बाँड्न सकिन!
पास्टर – निमा घिसिङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार