वासिङ्टनडिसि । पोर्चुगलको लिस्वोनमा तामाङ समुदायको माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात नयाँ वर्ष पर्वमा आयोजित कार्यक्रममा सर्वसाधारण लाई लुटिएको पाईएको छ । शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाईएको उक्त पर्वमा नेपालबाट चर्चित गायकहरु ल्याउने भनेर दर्शकबाट २० युरो उठाएका थिए ।
२८५९औँ सोनाम ल्होछारको उपलक्ष्यमा आयोजित कार्यक्रममा २० युरो तिरेवापत दर्शकलाई खाना खुवाउने र तामाङ समुदायका उदयमान गायक अविनाश घिसिङ्लाई ल्याउने भनेर महङ्गो टिकट असुलेर खानाको साटो चिउरा दिएर झारो टार्ने काम गरिएको छ ।
सहभागी भन्छन, राम्रो गायक नेपालबाट ल्याउने भनेर महङ्गो टिकट लिए तर न त गायक ल्याए न त भने अनुसार खानाको व्यवस्था गरे, ५ युरो को चिउरालाई चारगुणा बढी २० लिएर आयोजकले लुट्ने काम गर्यो । मूल आयोजक समितिका संयोजक समेत रहेका तामाङ समाज पोर्चुगलका अध्यक्ष सुुजन तामाङले स्वयम् गायक अविनाश घिसिङ आउने बताएका थिए । तर कार्यक्रममा उनलाई ल्याईएन देखाउने दात बनाएर डलर मात्रै झार्ने काम भएको दर्शकको गुनासो छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा देश तथा विदेशमा रहेका तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाउँदै आएका छन्।आफ्नो जातीय पहिचान झल्काउने कार्यक्रममा दर्शकलाई झुक्क्याउनु राम्रो नभएको जानकारवालाहरुको बुझाई छ ।