- टिम खबर डेस्क

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले अनुदानका नाममा मनपरि खर्च गरेर बजेट दुरपयोग गरेको पाइएको छ । पालिकामा लामो समयदेखि व्यवसाय गर्दै आएका ग्यारेज लाई व्यवस्ता गरी केहिदिन अघि मात्रै सुरु गरिएको ग्यारेजलाई अनुदान कार्यक्रम नै नगरि नगरप्रमुखले सिधै भूक्तानी का लागि दश लाख बराबरको रकम दिएर हिनामिना गरेको तथ्य फेला परेको छ ।

टिमखबरले फेला पारेको तथ्य अनुसार आठबिसकोट नगरपालिका १० का पुर्व वडाअध्यक्ष गंगराम चनाराको आफन्तको नाममा रहेको उक्त ग्यारेजलाई नगरप्रमुख रवि केसीले १० लाख रुपैयाँ भुक्तानीको लागि लेखा शाखालाई सिफारिस गरेका छन्।

सिमबजार ग्यारेज निर्माण शिर्षकको कारोबारमा फागुन ११ गतेको निर्णय लेखिएको सिफारिस पत्रमा उधोग पुर्वाधार निर्माण शिर्षकको नामबाट भुक्तानी दिन नगरप्रमुख केसीले सिफारिस गरेका छन्। लेखा शाखाका अनुसार उक्त रकम भुक्तानी भएको छैन ।

कार्यकर्तालाई नगरापलिकाले नै दश लाख रुपैयाँ बाडेको भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । यता नगरपालिका भने मौन रहेको छ । गोप्यमा गरिएको सम्झौता को फाईल कसरी बाहिर आयो भनेर नगरप्रमुख र कर्मचारी विच छलफल भैरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार